सुनसरीको दुहबी १० स्थित सिमरिया घर भएकि सबनम खातुनले सात दिन अगाडि जन्माएकी नवजात शिशुलाई मोरङको बुढीगंगा स्थित बिराट टिंचिङ मेडिकल कलेज अस्पतालले उपचार खर्च तिर्न नस्कदा नवजात शिशु लाई अस्पतालमै बन्दि बनाएको नवजात शिशु कि हजुरआमा दरुदन खातुनले आरोप लगाएकि छिन ।
नर्मल डेलिभेरि भएको नवजात शिशुलाई केही स्वाथ्यमा समस्या देखा परेपछि तत्कालै उपचारका गर्नकालागि गत श्रावण २१ गते मोरङ स्थित रहेको बिराट टिचीङ अस्पतालमा भर्ना गरेको नवजात शिशुका हजुर आमा दरुदन खातुनले बताईन । खातुनका अनुसार नवजात शिशुलाई अस्पताल लाने बितिकै डाक्टरले शिशु जन्मनु अगाडिनै आमाको पेटमा दिसा खाएको हुनाले आईसियुमा राख्दा मात्र निको हुने डाक्टरले भने पछि आफु सहमतिमा शिशु लाई आईसियुमा राखेको बताईन ।
उनले भनिन भर्नाको भोलिपल्ट बाटनै आफ्नो बच्चाको अवस्था बुझ्न , हेर्न खोज्दा अस्पतालका डाक्टरले तिम्रो बच्चा निको हुदैछन भनेर टार्ने काम गर्यो, पटकपटक बच्चा लाई हेर्न खोज्दा हेर्न दिएन, भर्ना भएको पाँचौ दिन रातिको सम्मयमा लुकेर बच्चालाई हेर्दा पहिलाको भन्दा पनि चिन्ताजन्क अवस्थामा देखेको बताइन । सोमबार अस्पतालका डाक्टर सिबि झा संग बच्चाको अवस्था बारे बुझ्दा डाक्टरले भने तिम्रो बच्चा अस्तिको दिन देखीनै चिन्ताजन्क अवस्थामा गुज्रिरहेको हुनाले अस्पतालमा उपचार गरेको खर्च तिर अनि बच्चा लैजाउ भनेको खातुनले बताइन ।
उनका अनुसार अस्पतालका प्रमुख प्रसाशक सुधीर राठोर संग गुनासो राखे मेरो बच्चाको उपचार गर्दा २, ३ दिनमै न भनेर लामो समय सम्म अन्यौलमा राखेको गुनासो गरिन । अस्पतालले उपचार गर्न सक्दैनौ भनेर घर लाने कि बाहिरको अस्पताल लाने भनेर पहिल्यै किन न भनेको, पैसाको प्रलोभनमा अहिले सात दिन भेन्टीलेटरमा राखि अब बच्चाको अवस्था गम्भिरछ भनेको उनको आरोप छ ।
अस्पतालका प्रमुख प्रसाशक सुधीर राठोर भन्छन पैसा तिर्नु अनि बच्चा लानु भनेपछि आफ्नो आर्थिक अवस्था निकै कमजोर छ, एक हप्ता भेन्टीलेटरमा राखेको एक लाख बढीको अस्पतालको बिल तिर्न काहाँबाट पैसा ल्याउनु भन्दै
भक्काइन । खातुन भन्छिन, घरमा भात खान चामल नभएको बेला अस्पतालले आफुलाइ अन्यौलमा राखी पैसाको लागि आफ्नो नवजात शिशु लाई बन्दि बनाएकोमा आफू अन्यायमा परेकोले न्यायको लागि सबै सरोकारवाला , नागरिक समाज मानवअधिकारकर्मि , राजनीति दल , सुरक्षा निकाय , सन्चारकर्मि लगायतलाई न्यायको लागि अपिल समेत गरेकि छिन ।
उता सो बिषयमा अस्पतालका प्रसाशन प्रमुख सुधीर राठोर सँग बुझ्दा उपचार खर्च तिर्न नसकेको हुनाले नवजात शिशु लाई अस्पतालमै राखेको स्विकार गरे। राठोरले भने, गत शनिवार देखीनै बच्चाको अवस्था चिन्ताजनक हुँदा बच्चाको आफ्न्तलाई पटकपटक भन्दै आको छु के गर्ने अब, अरु अस्पताल लानेकि घर लाने भन्दाभन्दै आफ्न्तले पैसाको ब्यवस्था मिलाउदै छु अनि निर्णय दिन्छु भनेकोमा आज अचानक अस्पतालमाथि आरोप लगाएकोे बताए ।