सुनसरीको दुहवी नगरपालिकाका कर्मचारी सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दुहवी नगरपालिकाले स्वाब प्ररीक्षणको लागी धरान स्थित विपी कोईरालामा परीक्षण गर्दा दुहवी नगरपालिकाका कर्मचारी सहित ४ जनामा कोरोना संक्रमित फेला परेको दुहवी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विन्देशर प्रसाद महतोले बताए।
दुहबी नगरपालिकाका एक कर्मचारी ५३ वर्षका र दुहबी वडा नम्बर ४ तथा ५ का ३ जना कोरोना संक्रमित २४, ३३ र ६० वर्षको पुरुषहरु रहेका उनिहरुको स्वास्थ्य अवस्था समान्य रहेको महतोले जनाए। संक्रमितहरुलाई उपचारका लागी गोठ गाउँ लैजाने तयारी भईरहेको उनलेे जानकारी दिए।