• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

फरवार्ड सुपरमार्केट सञ्चालनमा,स्थानीय क्षेत्रकोअर्थतन्त्र सुधार्न सहयोग पुग्न सक्ने:मेयर गच्छ्दार

काेचिला खबर by काेचिला खबर
01/01/2022
in अर्थ
107
SHARES
485
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / ‘दुहवीकाे शान हाम्राे मान ’ भन्दै ग्रामिण अर्थतन्त्रलाई टेवा पुर्याउने उद्देश्यसहित सुनसरीको दुहवीमा फरवार्ड सुपरमार्केट सञ्चालनमा आएको छ । फरवार्ड सुपरमार्केट दुहवीकै पहिलो आधुनिक सुपरमार्केट हो ।

फरवार्ड इन्टरप्राइजेजद्वारा सञ्चालित फरवार्ड सुपरमार्केटको कम्पनीकी अध्यक्षसमेत रहेकी पूर्वराज्यमन्त्री भगवती चौधरीले शुभारम्भ गर्दै दुहवी क्षेत्रको आर्थिक, सामाजिक विकास र ग्रामिण उत्पादनलाई व्यवसायीकरण गर्ने उद्देश्यले फरवार्ड सुपरमार्केट शुरु गरिएको बताइन् । ‘स्थानीय जनताद्वारा उत्पादित वस्तुहरुलाई बजारीकरण गर्ने तथा उनीहरुलाई आवश्यक दैनिक उपभोग्य वस्तुहरु सर्वसुलभ मुल्यमा प्रदान गर्नु हाम्रो मुख्य लक्ष्य हो ।’ अध्यक्ष चौधरीले भनिन् ।

सुनसरीको क्षेत्र नं. ३ का जनताहरु आर्थिक, सामाजिक रुपमा पछि परेको बताउँदै चौधरीले जनताको जिवनस्तर उकास्न तथा उनीहरुको ज्ञान, सिपलाई व्यवसायीकरण गर्न राज्य तथा निजी क्षेत्रले ग्रामिण क्षेत्रमा पनि लगानी गर्नुपर्ने बताइन् । कुनैपनि क्षेत्रको विकास गर्नुछ भने सर्वप्रथम त्यहाँका जनताको जिवनस्तर उकास्न आर्थिक गतिविधि बढाउनु पर्ने चौधरीको भनाई छ ।

फरवार्ड सुपरमार्केटले यहाँका जनताको लाइफ स्टायललाई पनि परिवर्तन गर्न सहयोग पुग्छ भन्ने विस्वास लिएको छु ।’ फरवार्ड सुपरमार्केटको शुभारम्भसँगै अन्य व्यवसायीहरुलाई दुहवीमा ठूला र एकीकृत व्यवसाय गर्न सकिन्छ भन्ने अभिप्रेरणा पनि दिने चौधरीले बताइन् । फरवार्ड इन्टरप्राइजेजले होलसेल तथा खुद्रा दुवै प्रकारले व्यापार गर्ने भएकाले स्थानीय व्यवसायीहरु समेत लाभान्वित हुने चौधरीले जिकीर गरिन् । ‘सुपरमार्केट आयो अब हाम्रो व्यवसाय सुक्छ भनेर नतर्सिनुहोस् हामीले स्थानीय व्यवसायीहरुलाई होलसेल सामान समेत दिन सक्छौं ।’ चौधरीले भनिन् ।

चौधरीले फरवार्ड सुपरमार्केटले स्थानीय जनताद्वारा उत्पादित वस्तुहरु खरिद गर्ने समेत बताइन् । ग्रामिण भेगका जनतालाई उद्यमशिलतामा जोड्न फरवार्डले कृषि, पशु तथा परम्परागत सिपलाई व्यवसायीक बनाउन सहकार्य गर्ने पनि बताइन् ।
उद्घाटन कार्यक्रममा बोल्दै संघीय सांसद तथा संसदको महिला तथा बालबालिका समितिकी सभापति निरुदेवी पालले फरवार्ड सुपरमार्केटले स्थानीय क्षेत्रको आर्थिक विकासमा ठूलो टेवा दिने बताइन् । भगवती चौधरीले पैसा कमाउनकैलागि सुपरमार्केट सञ्चालन नगरेको बताउँदै पालले भनिन्–‘भगवती चौधरीजीले यहि सुपरमार्केट काठमाडौंमा खोल्न सक्थिन् तर, आफ्ना जनताका लागि व्यवसायीकतालाई यहाँका जनतालाई सेवा गर्न खोल्नु भएको छ । यसलाई म सलाम भन्न चाहन्छु ।’ पालले भनिन् ।

भगवती चौधरीले फरवार्ड माइक्रोफाइनान्समार्फत लाखौं महिलालाई गोलबद्ध गर्दै संमृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न समेत योगदान पुर्याएको चर्चा गरिन् । फरवार्ड सुपरमार्केटले दुहवीको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै पालले सुपरमार्केटलाई सफल बनाउन स्थानीय जनताले साथ दिनुपर्ने बताइन् ।

कार्यक्रममा बोल्दै दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले फरवार्ड सुपरमार्केटले स्थानीय क्षेत्रको अर्थतन्त्र सुधार्न सहयोग पुग्ने तथा छरिएर रहेका व्यवसायहरुलाई पनि एकीकृत रुपमा सञ्चालन गर्न अभिप्रेरित गर्ने बताए । सुपरमार्केटमा उपभोक्ताले कुनैपनि सामान खरिद गर्दा अधिकतम छनौट गर्नु सुविधा पाउने भएकाले क्वालिटी सामान पाउन सकिने मेयर गच्छदारको भनाई थियो ।

फरवार्ड इन्टरप्राइजेजका म्यानेजिङ डाइरेक्टर द्रव्यराज चौधरीले फरवार्ड सुपरमार्केटमा १५ हजार बढी सामानहरु रहेको जनाउँदै अब दुहवीबासीले कुनैपनि सामान खरिद गर्न इटहरी, विराटनगर तथा जोगवनी सम्म जान नपर्ने बताए ।
शुभारम्भको अवसरमा गायक सुमित खड्का, प्रितम आचार्य लगाय स्थानीय कलाकारहरुले सांगितिक प्रस्तुति समेत दिएका थिए ।

फरवार्ड सुपरमार्केट दुहवीकै पहिलो आधुनिक सुपरमार्केट हो । एक्सिलेटर, लिफ्ट तथा एसी सुविधायुक्त सुपरमार्केटमा ग्राहकले १५ हजार बढी सामान एकै छानामुनीबाट सुपथ मुल्यमा खरिद गर्न सक्छन् ।

करिव २० करोडको लगानीमा सञ्चालनमा आएको सुपरमार्केटमा खाद्यान्न, लत्ताकपडा, महिला पुरुषकालागि आकर्षक जुत्ताचप्पल, ब्याग, एलजी, स्काईवर्थ, खैतान जस्ता कम्पनीका टिभी, फ्रिज, माइक्रोओभन, हिटर, भ्याकुम क्लिनर, राइसकुकर, वासिङ मेसिन लगायत अत्यावश्यक घरायसी सामानहरु पाइन्छ ।

सुपरमार्केटले स्थानीय उत्पादनलाई प्राथमिकता दिनेछ । स्थानीय तहमा उत्पादित वस्तुहरुकालागि छुट्टै स्टल प्रबन्ध गरिएको छ ।

सुपरमार्केटको ग्राउण्ड फ्लोरमा दैनिक घरायसीका सामान जस्तैः नुन तेल, चीनी, दाल, चामल, मरमसला, विस्कुट, चाउचाउ लगायत दैनिक उपभोग्य वस्तुहरु तथा विभिन्न ब्राण्डका पेयपदार्थहरु पाइन्छ । मदिराका पारखीहरुले विभिन्न ब्राण्डका मदिराहरु यसै फ्लोरमा खरिद गर्न सक्छन् । युवायुवतिहरुकालागि चाहिने सौन्दर्य प्रसाधनका सामग्रीहरु पनि यसै फ्लोरमा पाइन्छ ।

ग्राउण्ड फ्लोरको अगाडी आकर्षक कफी सपसमेत रहेको छ । जहाँ चिया, कफी, आइसक्रिम लगायत स्वादिष्ट बेकरीको स्वाद लिन सकिनेछ ।

सुपरमार्केटको पहिलो तल्लामा होम अप्लाएन्सहरु रहेकाछन् । उपभोक्ताले अन्तराष्ट्रिय ख्यातिप्राप्त ब्राण्डदेखि नेपालमै निर्माण भएका गुणस्तरीय होम अप्लाएन्सहरु सुपथ मुल्यमा खरिद गर्न सक्छन् ।

सुपरमार्केटको दोश्रो तल्लामा महिला पुरुषकालागि चाहिने लत्ताकपडाहरु राखिएका छन् । महिला पुरुष तथा बालबालिका सबैकालागि जाडो गर्मी जुनसुकै समयमा चाहिने लत्ताकपडा, फेसन आइटमहरु पाइन्छ ।
सुपरमार्केटको तेश्रो तल्लामा बैंक रहेको छ । उपभोक्ता कहाँ सहज रुपमा बैंक तथा वित्तीय सेवा पुग्न सकोस र फरवार्ड सुपरमार्केटमा आएका उपभोक्तालाई पनि सहजै बैंकिङ सुविधा पुर्याउन तेश्रो तल्लामा राष्ट्रिय बाणिज्य बैंकको शाखा राखिएको हो । सुपरमार्केटकै ग्राउण्ड फ्लोर अगाडी विभिन्न बैंकहरुका एटीएम राखिएका छन् ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

विद्युत् प्राधिकरणले रिलायन्स स्पिनिङ सहित ६ उद्योगका बिजुलीको लाइन काटियो ।

विद्युत् प्राधिकरणले रिलायन्स स्पिनिङ सहित ६ उद्योगका बिजुलीको लाइन काटियो ।

10/21/2025
श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

07/17/2025
देवानगञ्ज गाउँपालिका अध्यक्ष मेहता भन्छन तरकारी निकासीमा प्रहरीले पैसा असुल्छ ।

देवानगञ्ज गाउँपालिका अध्यक्ष मेहता भन्छन तरकारी निकासीमा प्रहरीले पैसा असुल्छ ।

05/10/2025
जीवन विकास लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

03/23/2025
दुहबी नगरपालिकाको बजेट करिब १ अर्व

दुहबी नगरपालिकाको बजेट करिब १ अर्व

06/24/2024
कपडा खरीदमा अब जोगबनीकै रेट दुहबीको मिना बजारमा नगर प्रमुख गच्छादार द्वारा उद्घाटन ।

कपडा खरीदमा अब जोगबनीकै रेट दुहबीको मिना बजारमा नगर प्रमुख गच्छादार द्वारा उद्घाटन ।

01/01/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist