दुहवी / फरवार्ड सुपरमार्केट भोलि देखि सञ्चालनमा आउने भएको छ । अंग्रेजी नयाँ वर्षको दिनदेखि फरवार्ड सुपरमार्केट सञ्चालनमा आउन लागेको हो । सुनसरीको दुहवी बजारमा रहेको फरवार्ड सुपरमार्केट उक्त क्षेत्रकै पहिलो आधुनिक सुपरमार्केट हो । एक्सिलेटर, लिफ्ट तथा एसी सुविधायुक्त यस सुपरमार्केटमा ग्राहकले १५ हजार बढी सरसामान सुपथ मुल्यमा खरिद गर्न सक्छन् ।
करिब १० करोडको लगानीमा सञ्चालनमा आएको सुपरमार्केटमा खाद्यान्न, लत्ताकपडा, महिला पुरुषका जुत्ता चप्पल, ब्याग, एलजी, स्काईवर्थ, खैतान जस्ता प्रख्यात कम्पनीका टिभी, फ्रिज, माइक्रोओभन, हिटर, भ्याकुम क्लिनर, राइसकुकर, वासिङ मेसिन लगायत अत्यावश्यक घरायसी सामानहरु पाइन्छ ।
‘हाम्रो उद्देश्य उपभोक्तालाई बजारको सुपथ मुल्यमा स्थानीय उत्पादनदेखि विश्व बजारका प्रख्यात ब्राण्डेड सामानहरु विक्रिवितरण गर्नु भएकाले कुनैपनि सामान अन्य पसल र स्टोरको दाँजोमा सुपथ मुल्यमा पाइन्छ ।’ फरवार्ड सुपरमार्केटका डाइरेक्टर द्रव्यराज चौधरी भन्छन् ।