• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

बैंकको लिलामीमा परेका उधोगका मजदुरले १६ वर्षपछि पारिश्रमिक माग गर्दै

काेचिला खबर by काेचिला खबर
09/28/2020
in अर्थ
131
SHARES
597
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / बैंकको लिलामीमा परेको मंगतुराम समूहका उद्योगका श्रमिकले आफ्नो हिसाब फर्छ्यौट हुनुपर्ने माग अगाडी सारेका छन् ।

उनीहरुले तत्कालिन समयमा आफू्रहरुलाई नियुक्ति दिएर काम लगाएको उद्योगले भुक्तानी गर्नुपर्ने पारिश्रकि बाँकी रहेको भन्दै बैंकले लिलाममा लिएको उद्योगको घरजग्गा भोगचलन गर्न नदिने चेतावनी दिएका हुन्।

समूहका उद्योग मध्ये अन्नपूर्ण सोप एण्ड कमेकल र नारायण भेजिटेरियनका २ सय स्थायी कामदारले ६ करोडभन्दा बढी पाउन बाँकी रहेको दाबी गर्दै लिलाममा लिने व्यक्ति वा बैंकले त्यसको फर्छ्यौट गर्नुपर्ने माग गरेका हुन्।

समूह अन्तर्गतको अन्नपूर्ण सोप र नारायण भेजिटेबलका श्रमिक अहिले श्रम कार्यालय, राष्ट्रिय वाणिज्य बैंक, प्रहरी, प्रशासन, उद्योग वाणिज्य संघ, राजनीतिक दल र सञ्चार माध्यममा आफ्ना समस्या सुनाउन व्यस्त भएका हुन् ।

सुनसरी दुहबी–३ का उद्योगले तत्कालिन समयमा मजदुरको पारिश्रमिक भुक्तानी गर्न बाँकी रहेको उल्लेख गरेका हुन् । अन्नपूर्ण सोप एन्ड केमिकल इन्डस्ट्रिजको नेपाल कारखाना श्रमिक संघले कामदारले २०६१ पुसदेखिको तलब, सुविधा, उपदान र सञ्चयकोष लगायतको रकम पाउनै बाँकी रहेको जनाएको छ ।

संघका अध्यक्ष गुलाबचन्द खाँ का अनुसार उद्योग सञ्चालन भइरहेका अवस्थामा २०६१ साल पुस ९ गते उद्योग सञ्चालकहरू सुबोधकुमार अग्रवाल, सुरेश अग्रवाल, किसन अग्रवाल र नारायण अग्रवाल गरी ४ जनालाई बैंक ठगी मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धानले पक्राउ गरेको थियो।

सञ्चालक ५ भाइमध्ये दामोदर अग्रवाल र उनीहरूका बुबा मंगतुराम भारतमा भएकाले जोगिएका थिए। त्यसपछि मजदुरलाई उद्योगका मेनेजरले तलब दिने भन्दै एक वर्ष झुलाएर राखेपनि दिएनन् ।

पक्राउ परेका ४ दाजुभाइ ३ वर्षपछि छुटेका थिए। राष्ट्रिय वाणिज्य बैंकले मंगतुराम समूहको सम्पूर्ण सम्पत्ति लिलामीका लागि प्रक्रिया सुरु गरिसकेको छ।

ग्रुपको धितो राखिएको सम्पूर्ण सम्पत्ति बैंकमार्फत् लिलाम बिक्री हुने थाहा पाएपछि मजदुरहरुले आफ्नो हिसाब समेत बैंकले जिम्मा लिनुपर्ने माग गरेका हुन् ।

मंगतुराम समूहको घरजग्गा लिलाम प्रक्रियाबाट लिनेले कामदारको पारिश्रमिक नमिलाई भोगचलन गर्न नपाउने अध्यक्ष खाँले चेतावनी दिनुभयो ।

उनले संघको नेतृत्वमा श्रमिकहरू बैंकका प्रदेश १ का प्रबन्धक ऋषभ भट्टराईसमक्ष पनि गएको तर सकारात्मक उत्तर नपाएको बताए।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

विद्युत् प्राधिकरणले रिलायन्स स्पिनिङ सहित ६ उद्योगका बिजुलीको लाइन काटियो ।

विद्युत् प्राधिकरणले रिलायन्स स्पिनिङ सहित ६ उद्योगका बिजुलीको लाइन काटियो ।

10/21/2025
श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

07/17/2025
देवानगञ्ज गाउँपालिका अध्यक्ष मेहता भन्छन तरकारी निकासीमा प्रहरीले पैसा असुल्छ ।

देवानगञ्ज गाउँपालिका अध्यक्ष मेहता भन्छन तरकारी निकासीमा प्रहरीले पैसा असुल्छ ।

05/10/2025
जीवन विकास लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

03/23/2025
दुहबी नगरपालिकाको बजेट करिब १ अर्व

दुहबी नगरपालिकाको बजेट करिब १ अर्व

06/24/2024
कपडा खरीदमा अब जोगबनीकै रेट दुहबीको मिना बजारमा नगर प्रमुख गच्छादार द्वारा उद्घाटन ।

कपडा खरीदमा अब जोगबनीकै रेट दुहबीको मिना बजारमा नगर प्रमुख गच्छादार द्वारा उद्घाटन ।

01/01/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist